थप १ हजार ६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, १६ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार ६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ५४० पीसीआर परीक्षणमा ८३५ जना र २ हजार ८१८ एन्टिजेन परीक्षणमा २३१ जना गरी १ हजार ६६ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १ हजार २३४ जना पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका छन् । संक्रमणका कारण १६ जनाको मृत्यु भएको छ ।

शनिबार (आज ) सक्रिय संक्रमितको संख्या २५ हजार ८२ रहेको छ । जसमध्ये २३ हजार ६३६ जना होम आइसोलेसनमा र १ हजार ४४६ जना संस्थागत आइसोलेसनमा छन् ।