प्रहरीको कुटाईबाट कालिकाेटका एक युवाकाे मृत्यु

सुर्खेत । सुर्खेतमा प्रहरीको कुटाईबाट कालिकाेटका एक युवाकाे मृत्यु भएकाे छ । नेपालगंजबाट सुर्खेत आउँदै गरेका कालिकोट तिलागुफा नगरपालिकाका ३४ वर्षीय मिनि हमालको प्रहरी कुटाईबाट मृत्यु भएको हो । शुक्रबार राती नेपालगंज भे १ क ९२२ नम्बरको गाडीमा सवार यात्री हमाललाई सुब्बाकुना प्रहरीले निर्घात कुटपिट गम्भिर घाईते बनाएको आरोप आफन्तले लगाएका छन् ।

प्रहरीकाे कुटाइबाट तल्लो पेट र अण्डकोषमा चोट लागेको  मृतकका अंकल कलमबहादुर हमालले बताए । गाडीको स्टाफलाई पनि दुई जना प्रहरीले कुटपिट गरेका थिए । उनीहरुलाई प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएकोछ छ । हमाललाई उपचारकाे लागि आज विहान सुर्खेत अस्पताल ल्याएपनि अस्पताल नपुर्याउँदै उनकाे मृत्यु भइसकेकाे अस्पतालले जारी गरेकाे विज्ञप्तीमा उल्लेख छ ।

अहिले ठूला संख्यामा आफन्तहरु सुर्खेत हस्पिटलमा जम्मा भएका छन् । सुर्खेतमा सम्भावित हुनसक्ने आन्दोलनलाई ध्यानमा राखेर प्रहरी परिचालन व्यापक गरिएको छ ।