सुर्खेत । शुक्रबार दैलेखको गुराँस गाउँपालिकामा भएको घटनाको छानबीनका लागि पाँच सदस्यीय समिति गठन गरेको छ । आज बसेको सर्वदलीय बैठकले असार ३१ गते शुक्रबार गाउँपालिकामा करार कर्मचारीको सन्दर्भमा भएको घटनाबारे सत्यतथ्य छानवीन समिति गठन गर्ने सर्वदलीय र सर्वपक्षीय बैठकले निर्णय गरेको हो । अनुसन्धान समितिले आजको मितीदेखि १५ दिन भित्र प्रतिवेदन तयार पारेर जिल्ला समन्वयमा पेश गर्नुपर्ने जनाईएको छ ।
उक्त छानबीन समितिको संयोजकमा दुल्लु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानमणी नेपाल रहेका छन् । सदस्यहरूमा जिल्ला समन्वय समिती दैलेख निमित्त जिल्ला समन्वय अधिकारी भक्तवहादुर मल्ल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत दिलबहादुर चौधरी, नेपाल पत्रकार महासंघ दैलेखका अध्यक्ष यज्ञराज थापा र सदस्य सचिवमा जिल्ला प्रशासन कार्यालय दैलेखका प्रशासकीय अधिकृत भुपेन्द्र थापा रहेका छन् ।
ए.के. सञ्चार । ३२ असार २०७९, शनिबार १५:४१