सुर्खेत । वीरेन्द्रनगरमा जारी अन्तरपालिकास्तरीय ‘कांक्रेविहार गोल्डकप’ को आज दोस्रो दिनको खेल सुरू भएको छ । जारी दोस्रो खेलमा वीरेन्द्रनगर नगरपालिका र सिम्ता गाउँपालिकाबीच प्रतिष्पर्धा भईरहेको छ ।
खेल सुरू भएदेखि कुनैपनि टिमले गोल गर्न सकेको छैन् । भने खेल १५ मिनेटका लागि स्थगित भएको छ ।
हिजो बुधबार भएको फुलबल खेलमामा पञ्चपुरीले विजयी सुरुवात गरेको छ । खेलमा पञ्चपुरी नगरपालिकाको टिमले गुर्भाकोट नगरपालिकाको टिमलाई २–० ले हराउँदै विजयीको खाता खोलेको हो ।
खेल शुरु भएको १० मिनेटमा पञ्चपुरी नगरपालिकाको टिमले खाता खोल्न सफल भएको थियो । खेलको ३६ औं मिनेटमा पञ्चपुरीका महेन्द्र विकले दोस्रो गोल गरेर टीमलाई अग्रता दिलाउँदै म्यान अफ द म्याच घोषित समेत भएका छन् । बुधबारदेखि भएको खेल १४ गतेसम्म सञ्चालन हुने छ । भने कपमा विजेताले एक लाख र उपविजेताले ५० हजार पुरस्कार, ट्रफी पाउनेछन् ।
ए.के. सञ्चार । ११ कार्तिक २०७८, बिहीबार १४:२४