कर्णाली राजमार्गमा वर्षेनी यात्रु अलपत्र

कालीकोट । कर्णाली राजमार्ग अथवा सुर्खेत–जुम्ला सडकखण्ड सञ्चालनमा आएको धेरै समय बितिसक्दा पनि कर्णालीका यात्रुले अझै पनि सास्ती भोग्दै आएका छन् । सुर्खेतदेखि दैलेख, कालीकोटहुँदै कर्णाली नदिको किनारै–किनार भएर जुम्ला पुग्ने मार्ग कर्णाली राजमार्ग । विश्व बैंकको आर्थिक सहयोगमा २०६३ साल चैत्रबाट सञ्चारलनमा आएको हो ।

कर्णाली राजमार्गमा वर्षेनी यात्रुले ज्यान गुमाउनु परेको छ, भने हरेक वर्ष सामान्य घटनाहरु घटिरहन्छन् । बर्खामा सडक हिलाम्मे र हिउँदमा धुलाम्य हुने गरेको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतदेखि दैलेख, कालीकोटहुँदै जुम्लासम्म २३२ किलोमिटर रहेको यस सडकमा हिलाम्य, साँघुरो र खाल्डाखुल्डीका कारण राजमार्गमा यात्रु अलपत्र पर्ने गरेका छन् ।

कर्णाली राजमार्गका विभिन्न ठाउँ–ठाउँमा सडक हिलाम्य बनेको छ त कतै सडक कयौं स्थानमा भाँसिएको छ । राजमार्गको स्तरोन्नतिका लागि सरकारले वर्षेनी वजेट विनियोजन गरे पनि टालटुलमा नै वजेट सकिने गरेको छ । कालीकोटको सदरमुकाम नजिकै रहेको सुनार खोलामा वर्षेनी गाडिहरु हिलो र पहिरोमा फस्ने गरेको छन् । गाडि मात्रै नभई कालीकोट, जुम्ला, मुगु जाने यात्रुहरु पनि अलपत्र पर्ने गरेका छन् ।

खोलाको पहिरोका कारण दुर्घटनाको जोखिम उच्च रहेको सवारी चालक सुरेश बरालले बताए । पानीपर्दा हिलाम्मे हुने यस सडकमा गाडि चलाउन निकै सास्ती हुने गरेको बरालको भनाइ छ । सडकको अवस्था दयनीय हुनुमा राजनीतिक नेतृत्वको कमजोरी देखिन्छ । कुर्ची र पदका लागि लडाइँ गरिरहेका नेताले विपन्न र गरिब नागरिहरुले समस्या भोग्न बाध्य भएका छन् । साघँरो सडक त्यसैमा पनि माथिबाट बगेको पहिराका कारण अपलपत्र पर्ने गरेको बरालले गुनासो गरे ।

सुर्खेतबाट कालीकोट जादैँ गर्दा कर्णाली राजमार्गमा यात्रुहरु कष्टपूर्ण यात्रा गर्न बाध्य भएको यात्रु दुर्गा सुनारले बताइन् । ‘दुर्घटनाको जोखिम उच्च छ, राजमार्ग भनेर तोकिए पनि सडकको अवस्था नाजुक भएको यात्रु दुर्गा सुनारले बताइन् ।

वर्षातमा दैलेख र कालीकोट क्षेत्रका दर्जनौं स्थानमा सडक अवरुद्ध भई सवारी जाममा पर्ने गरेका छन् । सुनार खोलाको पहिरो दाँया बाँयाबाट बग्ने गरेको छ । खाँडाचक्र नगरपालिका–२ ले पन्चदेवल मन्दिरहुँदै पन्चदेवल माध्यमिक विद्यालय जोडेर सडक बनाउँदा सवारीसँगै यात्रु्लाई सहज हुने अपेक्षा गरिएको वडा अध्यक्ष कविन्द्र शाहीले बताए ।

। त्यहाँका स्थानियलाई पनि उतिकै समस्या हुने गरेको छ । सुनारखोला नजिकै रहेको पन्चदेवल माध्यामिक विद्यालय पढ्न आउने विद्यार्थीहरुलाई बाटो पार गर्नमा समस्या हुने गरेको त्यहाँका स्थानिय गोपाल नेपालीले बताए । नेपालीले भने; यहाँ नजिकैका बस्तीलाई पनि पहिरोको डर हुने छ; । घर छेउकैँ सडकलाई नियाल्दै आएका नेपाली भन्छन्; सडकको यस्तो दयनीय अवस्था देख्दा दुःख लाग्छ ।

सुनार खोलाको सडकका लागि जुम्ला सडक डिभिजन कार्यालयसँग डेण्डर भएको खाँडाचक्र नगरपालिकाका नगरप्रमुख कमलबहादुर शाहीले जानकारी दिए । डिभिजन कार्यालयले २० करोडको लागतमा सुनारखोलाको सडक निर्माण गर्ने शाहीको भनाइ छ । सडक २०८० बैशाखसम्म सम्पन्न गर्नेगरि डेण्डर आह्वान गरिएको नगरप्रमुख शाहीले जानकारी दिए । कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडक कालोपत्रे गरेको वर्षदिन भित्रै भत्किने गरेको स्थानीयको गुनासो रहेको छ । सडक गुणस्तरीय र दिगो रुपमा स्तरोन्ती भए कर्णालीका जनताले दुःख पाउने थिएनन् होला ?