दैलेखमा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु

दैलेख । वेस्तडा बजार देखि दैलेख सदरमुकाम आउँदै गरेको जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । जिल्लाको भगवतीमाई गाँउपालिका देखि सदरमुकाम तर्फ आउँदै गरेको लु २ ज ४८२९ नम्बरको जीप नारायण नगरपालिका-११ लोहोरे नजिकै दुर्घटना भएको दैलेख प्रहरी प्रमुख भुवेश्वर साहले बताए ।

जिप दुर्घटनामा भगवतीमाई गाँउपालिका–१ बस्ने २९ वर्षीया कृष्ण रोकायको मृत्यु भएको हो । जिप दुर्घटनामा ८ जना घाइते भएका छन्। घाइतेहरुको उपचारका लागि सदरमुकामस्थित जिल्ला अस्पताल ल्याइँएको प्रहरीले जनाएको छ ।