नागरिकतामा राखिएका अपमानजनक नाम तत्काल सच्याउन सांसद सुनारको माग

काठमाडौं । दलित समुदायका व्यक्तिहरूको नागरिकतामा अपमानपूर्वक राखिएको नामहरु सच्याउन नेकपा (माओवादी केन्द्) का सांसद भुवनबहादुर सुनारले माग गरेका छन् । आज राष्ट्रिय सभा बैठकको विशेष समयमा सांसद सुनारले दलित समुदायका व्यक्तिहरूलाई नागरिकता दिँदा अपमानपूर्वक नाम राखिएको भन्दै आपत्ति जनाएका हुन ।

उनले दूरदराजका दलित समुदायका व्यक्तिहरूको नाम तत्कालीन प्रशासनले बिगारिदिएको भन्दै उनीहरूको नाम सच्याउन गृहमन्त्रीसँग माग गरेका छन् । यस्तो त्रुटिहरूको खोजी गर्न राष्ट्रिय दलित आयोग र दलित अभियन्ताहरूलाई सांसद सुनारले आग्रह गरेका छन्।