सुर्खेतस्थित यातायात कार्यालयमा शहरी विकासमन्त्रीद्वारा कस्मिक अनुगमन

सुर्खेत । आज बिहान सुर्खेतस्थित यातायात कार्यालयमा कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री पदमबहादुर रोकायाले अनुगमन गरेका छन् । आकस्मिक रुपमा गरिएको अनुगमनका क्रममा कार्यालय समयमा मन्त्रालयको सानो टोली लिएर यातायात कार्यालय पुगेका मन्त्री रोकायाले सेवाग्राहीलाई आफ्नो परिचय नदिईकनै सेवाको गुणस्तर र भोग्नुपरेको समस्याबारे जानकारी लिएका थिए । मन्त्री रोकायाले सेवाग्राहीलाई सहज ढंगले सेवा प्रदान गर्न कानुनी रुपमा भएका झन्झट, उपलब्ध साधन स्रोतको पहुँच र सेवाग्राहीको चापको विषयमा र सेवाग्राहीसँग समस्याबारे पनि मन्त्री रोकायाले जानकारी लिएका थिए ।

मन्त्री रोकाया यातायात कार्यालय पुग्दा सेवाग्राहीको बाक्लै उपस्थिति थियो । कर्मचारीहरू आफ्नै सुरमा काम गरिरहेका थिए । त्यस अवसरमा मन्त्री रोकाया आफैँ विभिन्न फाँटमा पुगेर निरीक्षण गरेका हुन् ।निरीक्षणका क्रममा दुईजना कर्मचारी आफूखुशी बिदामा बसेको पाइयो मन्त्रालयलेको सचिवालयले जनाएको छ । त्यसै कारण कार्यालयका कतिपय फाँटमा काम गर्ने कर्मचारी पनि भेटिएनन् भने कर्मचारीहरू सरकारी पोशाक र परिचयपत्र नलगाई कार्यालय आउने गरेकोसमेत पाईएको जनाईएको छ ।