यस्तो हुनेछ आजको मौसम

काठमाडौं ।देशभर आंशिक देखि सामान्य बदली रहनेछ।मौसम बिभागका अनुसार देशका पहाडी भू–भागका केही स्थानहरूमा र अन्य भू–भागका थोरै स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

उता, कर्णाली र सुदूर–पश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बिभागले जनाएको छ।रातमा पनि देशभर आंशिक देखि सामान्य बदली रहनेछ भने प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका एकदुई स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहने बिभागले जनाएको छ।