नेपाली सेना उत्तर पश्चिम पृतना हेडक्वाटरले ४१ जना सुत्केरीकाे उद्धार

‘रन फर युनिटी’ २०७९ सञ्चालन गर्दै

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा रहेको उत्तर पश्चिम पृतना हेड क्वाटरले सुदुरपश्चिम र कर्णालीमा विभिन्न कार्य गर्दै आएको छ । आइतबार पृतना हेड क्वाटरमा राखिएको सञ्चारकर्मीहरू परिचयात्मक कार्यक्रममा नेपाली सेना पृतना हेड क्वाटरले गरेको कार्यहरूको विवरण प्रस्तुत गरेको हो । कर्णाली प्रदेशका आठ जिल्ला, बाँके र बदियामा दश जिल्लामा विभिन्न कार्य गर्दै आएको छ ।

नेपाली सेना उत्तर पश्चिम पृतना हेड क्वाटरले यो आर्थिक वर्षको ६ महिनामा कर्णाली र सुदूरपश्चिमबाट ४१ जना सुत्केरीहरूको हवाई उद्धार गरेको छ । कर्णालीको डोल्पामा चार, मुगुमा दुई, दैलेख छ, हुम्ला दुई, रुकुम दुई, जुम्ला एक, कालिकोट तिन, रुकुम पश्चिम एक र जाजरकोटमा पाँच जनाको उद्धार गरेको छ । यस्तै, सुदूरपश्चिमको बैतडीमा एक, डोटी दुई, डडेलधुरा एक, बाजुरा तिन, दार्चुला चार, अछाममा चार जनाको उद्धार गरिएको जनाएको छ ।


यस्तै, पृतना हेड क्वाटरले विपद् व्यवस्थापन कार्य पनि गर्दै आएको छ । २०७९ सालमा अविरल वर्षाको समयमा ४१ जना मृत्यु, २८ जना घाइते, २० जना बेपता, ७७६ जना विस्थापित, २ हजार ८७८ जना प्रभावित, ६० जना स्थानान्तरण परिवार, ६३ चौपायौँको उद्धार गरेको छ । त्यस्तै, हेलिबाट उद्धार १४ जना, राहत सामाग्री ढुवानी १४ हजार ७३५ केजी, परिचालन फौज २१२, कालिकोट सात, बाँके एक, मुगु एक गरेर दश स्थानमा सडक अवरुद्ध खुलाउने कार्य गरेको । काठको पुल एक डुवानमा उद्धार बाँके चार, बर्दिया चार र सुर्खेतमा एक गरि ९ स्थानमा विपद् व्यवस्थापनको कार्य गरेको हो ।

उक्त हेड क्वाटरले हेलिप्याड निमार्ण पनि गरेको छ । जसमा कालिकोट जिल्लाको पचालझरना गाउँपालिका–६ मइ, हुम्ला जिल्लाको नाम्खा गाउँपालिका–४ यालवाङ्ग, मुगु सोरु गाउँपालिको सोरुकोट र डोल्पा शे–फोक्सुण्डो गाउँपालिका–८ रिग्मोमा हेलिप्याड निमार्ण गरेको हो । नेपाली सेनाले आफ्नो संवैधानिक दायित्व निभाह्र गर्दै आएको पृतनापति हिरालाल जोशीले बताए । राष्ट्रिय विकास र विपद्का समयमा काम गर्दै आएको जोशीले जानकारी दिए ।

यस्तै, उत्तर पश्चिम पृतना हेड क्वाटरले कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा ‘रन फर युनिटी’ २०७९ सञ्चालन गर्न थालेको छ । माघ २१ गते शनिवार ‘रन फर युनिटी’ सञ्चालन गर्ने थालेको हो । सो प्रतियोगिताले खेलकुदमा टेवा पु¥याउने, विद्यार्थी तथा खेलाडीहरूको हौसला प्रदान गर्ने। सैनिक सामाग्री तथा फोटा प्रद्धशनीबाट नेपाली सेनाको बारेमा बुझ्ने र सेनाको महत्त्वका विषयमा जानकारी प्रदान गर्न र राष्ट्रियता संस्कृति जगेर्ना गर्ने माध्यमको रूपमा विकास गर्न उक्त आयोजनाको महत्त्व रहेको छ ।

प्रतियोगिता कार्यक्रममा स्थानीय आमनागरिकहरु, स्थानीय खेलकुद क्लब, सांस्कृतिक समूह, सरकारी कर्मचारी, सुरक्षा फौजहरू, गैरसरकारी संस्थाहरू, विद्यार्थी तथा शिक्षकहरू, बैङ्क तथा वित्तीय र व्यापारिक संस्थाहरू र नेपाली सेनाका भूपू सैनिकहरू सहभागी हुन् पाउने छन् । सो प्रतियोगिता दश मिटर, पाँच किलोमिटर दौड रहेको छ भने पाँच मिटर पैदल यात्रा रहेको छ । पाँच किलोमिटर पैदल यात्रामा सहभागीहरूले भाग लिन पाउनेछन् । पाँच किलोमिटर दौडका प्रथम विजेतालाई १० हजार, द्वितीयलाई ५ हजार र तृतीयलाई ३ हजार प्रमाण पत्र सहित पुरस्कृत गर्ने छ । दश किलोमिटर दौडमा प्रथमलाई २० हजार, द्वितीयलाई १० हजार तृतीयलाई ५ हजार पुरस्कार गरेको छ ।