पछिल्लो २४ घण्टामा २६३६ जना संक्रमित, २० जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २६३६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २६३६ जना संक्रमित थपिएका हुन् ।

 

७ हजार २५९ जनामा पिसिआर परीक्षण गर्दा १७२८ र ४४८९ जनामा एन्टिजेन परीक्षण गर्दा ९०८ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा थप २० जनाको कोरोनाबाट मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ७१ पुगेको छ ।

 

पछिल्लो २४ घण्टामा ४ हजार ३४८ जना संक्रमणमुक्त भएका छन् ।