सुर्खेत । प्रदेश राजधानी वीरेन्द्रनगर देखि करिव २५ किलोमिटर पश्चिममा पर्ने बराहताल गाउँपालिकाका महिलाहरु मध्यदिउसोको टण्टलापुर घाम र पानि नभनेर सडकका रुखको साहारामा यतिबेला कसैले मकै पोल्दै, कसैले काक्रा र निहुरो बेच्दै आएका छन । हुर्के गाउँका महिलाको दिनचर्या यसरी नै बितेको छ ।
आफ्नो परिवारको पेट पाल्न अर्थात घरखर्च चलाउन सिजन अनुसार सडकमा मकै पोलेर बेच्ने, बारीमा फलेका काक्रा, बनमा पाइने निउरो लगाएत फलफुल तथा तरकारी बेच्ने हुर्केका बेरोजगार महिलाको पेशा रहेको छ ।
ए.के. सञ्चार । १८ असार २०७८, शुक्रबार १२:४३