पछिल्लो २४ घण्टामा २ हजार ९ सय ७९ जनामा कोरोना संक्रमण, १ हजार ३ सय ३३ जना सङ्क्रमणमुक्त

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २,९७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ७,८३५ जनाको पीसीआर टेष्ट गर्दा २,०७७ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै देशभरमा ४,०६३ जनाको एन्टिजेन परीक्षण गर्दा ९,०२ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणका कारण २८ जनाको मृत्यु भएको छ भने, १,३३३ जना सङ्क्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५,४३ जनामा सक्रमण पुष्टि भएको छ । जसमा काठमाडौँका ३,९०, ललितपुरका ८६ र भक्तपुरका ६७ जना रहेका छन् ।