२४ घण्टामा ३,३६५ जनामा कोरोना सङ्क्रमण पुष्टि, १६ जनाको मृत्यु

काठमाण्डौ । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ३ सय ६५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ९ हजार ५ सय ५५ नमूना पिसिआर परीक्षण गर्दा २ हजार ३ सय ३५ मा संक्रमण देखिएको छ भने ४ हजार ६ सय ८७ को एन्टिजेन विधिबाट परिक्षण गर्दा १ हजार ३० मा संक्रमण पुष्टि भएको हो ।

यस्तै गत २४ घण्टामा देशभर १६ जना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर हालसम्म कोभिडबाट मृत्यु हुनेको संख्या ९ हजार ८ सय ७ पुगेको छ। देशभर हालसम्म ३० हजार ३ सय ९० जना सक्रिय संक्रमित छन्। बिहीबार (आज) १ हजार ३ सय ७३ संक्रमणमुक्त भएका छन्।