काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४ हजार १०७ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ३५४ नमुनाको पीसीआर परीक्षण गर्दा २ हजार ९७५ जना र ४ हजार ९४४ जनाको एन्टीजेन परीगक्षण गर्दा ४ हजार १०७ जनामा संक्रमण पुष्टि भएको हो ।
यससँगै कुल सक्रिय संक्रमितको संख्या ३३ हजार ४६४ पुगेको छ । पछिल्लो २४ घण्टामा ३५ जनाको मृत्यु भएको छ भने १५३५ जना संक्रमणमुक्त भएका छन् ।
ए.के. सञ्चार । २० श्रावण २०७८, बुधबार १७:०५