यस्तो छ, शैक्षिक गुणस्तर बनाउँन वीरेन्द्रनगरको १० वर्षे रणनीति !

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाको दशबर्षे शिक्षा क्षेत्रको योजना अभिमूखिकरण कार्यक्रम आइतबार सम्पन्न भएको छ । वीरेन्द्रनगर नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा वीरेन्द्रनगर सुर्खेतको आयोजना र सबैका लागि पढाई कार्यक्रमको समन्वयमा भएको यस कार्यक्रममा शिक्षा क्षेत्रका योजनाका बिषयमा छलफल भएको थियो ।

वीरेन्द्रनगर नगरपालिकाका विद्यालयहरू दशवर्षे भित्र विद्यालय शिक्षामा लगानी गर्ने, भौतिक पूर्वाधार निर्माणमा जोड दिने, शैक्षिक गुणस्तरमा सुधार गर्ने र विद्यार्थीले साझाअपन्तो महसुस गर्ने वीरेन्द्रनगर नगरपालिका नगरप्रमुख मोहनमाया ढकालले बताइन् ।

उनले गुणस्तरीय शिक्षाको माध्यमबाट दक्ष, प्रतिस्पर्धी, श्रम र उत्पादन तथा राष्ट्रियता प्रति सकारात्मक, जिम्मेवार, उन्नत सोच बोकेका नैतिकवान, नवप्रवर्तनशील, रचनात्मक, सिर्जनात्मक तथा आफू वीरेन्द्रनगर नगरवासी भएकोमा गर्व गर्ने सक्षम जनशक्तिको विकास गर्ने लक्ष्य रहेको जानकारी दिइन् ।

योजनामा २०८८ सम्ममा प्रारम्भिक बालविकासमा विद्यार्थी भर्नादर एक सय दुई प्रतिशत पु¥याउने, आधारभूत तहमा भर्नादर शतप्रतिशत पु¥याउने, आधारभूत तहमा विद्यार्थी टिकाउदर ८५ प्रतिशत पु¥याउने, विद्यालय भन्दाबाहिर रहेका विद्यार्थीको संख्या शून्यमा झार्ने र साक्षरता दर बढाउने लक्ष्य योजना वीरेन्द्रनगरको छ ।

वीरेन्द्रनगर नगरपालिकाको शिक्षामा बजेट बढाउँदै कुलबजेटको २० प्रतिशत बजेट पु¥याउने योजना रहेको छ । प्राविधिक तथा व्यवसायिक शिक्षामा, विद्यार्थीको सहभागीता, इन्टरनेट उपयोग गर्न सक्ने जनशक्ति, विद्यालयमा विद्युतीय पहुँचविस्तार र विद्यालयमा इन्टरनेट सेवा पु¥याउने जस्ता लक्ष्य वीरेन्द्रनगरको रहेको छ ।

नगरपालिकामा आवश्यकता अनुसारको पाठ्यसामग्री र पाठ्यक्रमको विकास, शिक्षक व्यवस्थापन, सामुदायीक विद्यालयको सबलीकरण, अनौपचारिक शिक्षा, दूरशिक्षा तथा खुल्लासिकाई, गुणस्तरीय सार्वजनिक शिक्षा, शिक्षामा सूचना प्रविधि र समावेशी शिक्षालाई वीरेन्द्रनगरको योजनाले जोड दिएको छ ।

यस्ता छन्, रणनीति

त्यस्तै, प्रारम्भिक वालविकास तथा शिक्षा कार्यक्रमलाई विद्यालय शिक्षाको अभिन्न अङ्गको रूपमा विकास गरि यसलाई सबै बालबालिकाका लागि अनिवार्य गरिने, नक्साङ्कनका आधारमा नगरपालिका क्षेत्रभित्र विद्यालयको स्थापना, समायोजन तथा पुनर्वितरण गरी सबै बालबालिकाको पहुँच र सहभागिताको सुनिश्चितता गरिने रणनीति लिएको छ ।

यस्तै, अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षाको प्रत्याभूति गर्न नगरपालिकाका सबै बालबालिकालाई विद्यालय भर्ना गराउँने तथा भर्ना भएका सबैलाई अध्ययनमा निरन्तरता दिने र गुणस्तर अभिवृद्धिका लागि उत्प्रेरणा मूलक उपायहरू अवलम्ब नगरिने, नगरपालिकाका नेतृत्वमा संघीयता तथा कर्णाली प्रदेश सरकारसँगका सहयोग र सहकार्य गर्दा विद्यालयहरू भौतिक, आर्थिक, शैक्षिक तथा जनशक्ति व्यवस्थापन र विकास गर्दै आधारभूत शिक्षाको गुणस्तर प्रवद्र्धधन गरिने रणनीति रहेको छ ।

नगरपालिकाले निःशुल्क माध्यमिक शिक्षामा सहजपहुँच र समावेशी सहभागिता सुनिश्चितगर्न संघ र कर्णालीदद प्रदेश सरकारसँगको समन्वयात्मक कार्यढाँचामा माध्यमिक विद्यालयहरूको क्षमता सुधार गरिने, अपनत्वको सिर्जना, नेतृत्वको सबलीकरण, शिक्षण सिकाइ प्रक्रियामा सुधार, पेशागत नैतिकताको पवद्र्धधन र लगानी अभिवृद्धिद्वारा सार्वजनिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गरिने, प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिममा पिछडिएका वर्ग, क्षेत्र र समुदायलाई समेट्न विशेष सहुलियत दिने, नीति अख्तियार गरिने, अपाङ्गता भएका बालबालिकाहरूको आवश्यकता, समन्यायिकता र समावेशीकरणको सिद्धान्तको आधारमा विशेष शिक्षा र समावेशी िशक्षाका माध्यमबाट उपयुक्त शैक्षिक अवसरहरू उपलब्ध गराइने छ ।

यि हुन्, योजनाको उद्देश्य

यस्तै, वीरेन्द्रनगर नगरपालिकालाई उत्कृष्ट शैक्षिक केन्द्रको रुपमा विकास गर्ने योजना रहेको छ । सबै बालबालिकाहरूका लागि सर्वाङ्गीण विकासमा केन्द्रीत गुणस्तरीय प्रारम्भिक बालविकास तथा शिक्षाको अवसर सुनिश्चित गर्नु, अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा र निःशुल्क माध्यमिक शिक्षामा समतामूलक पहुँच सुनिश्चित गरि शिक्षालाई गुणस्तरीय, जीवनोपयोगी र प्रविधिमैत्री बनाउनु नगरपालिकालाई पूर्ण साक्षर नगरपालिका तुल्याई अनौपचारिक, बैकल्पिक र खुलाशिक्षाका माध्यमबाट जीवनपर्यन्त निरन्तर शिक्षाको अवसरहरूको सुनिश्चितता गर्ने उद्देश्य गरेको छ ।

यस्तै, प्राविधिक शिक्षा तथा व्यावसायिक सीप विकासमा सबैको समावेशी र समतामूलक पहुँच विस्तार र गुणस्तर सुनिश्चित गर्नु, सबै प्रकारका अपाङ्गता भएका व्यक्तिका लागि गुणस्तरीय शिक्षाको पहुँच सुनिश्चित गरी जीवनपर्यन्त शिक्षाका माध्यमबाट मर्यादित जीवनयापन गर्न सक्षम र प्रतिस्पर्धी नागरिक तयार गर्नु, सार्वजनिक तथा निजी शैक्षिक क्षेत्रका विद्यमान असल अभ्यासलाई सम्मेलन गर्दै निजी लगानीका शिक्षण संस्थाहरूको प्रभावकारी परिचालन, नियमन एवम् सार्वजनिक शिक्षा प्रणालीको रूपान्तरणको प्रक्रियामा सबलीकरण गर्नु, नगरपालिकाको शिक्षा हेर्ने निकाय र सबै प्रकारका शैक्षिक संस्थाहरूमा सुशासन प्रवद्वन गरि बालबालिकाको सिकाइ प्रति उत्तरदायी प्रणालीको विकास गर्ने जस्ता उद्देश्यहरू रहेका छन् ।

कार्यक्रममा कार्यपालिका सदस्य, समितिका पदाधिकारी, विद्यालयका प्रधानाध्यापक, मस्यौदा तयार समितिका पदाधिकारी, सामाजिक विकास मन्त्रालय शिक्षा, विकास तथा समन्वय इकाई र शिक्षासँग सरकार, संघसस्था र नगरपालिका शाखा प्रमुखहरुको उपस्थिति रहेको थियो ।