मिलानमाथि एट्लेटिकोको नाटकीय जित

काठमाडौं : लुइस स्वारेजले अतिरिक्त समयको सातौं मिनेटमा पेनल्टीमार्फत निर्णायक गोल गरेपछि स्पेनिस क्लब एट्लेटिको म्याड्रिडले च्याम्पियन्स लिगमा पहिलो जित निकालेको छ।

१० खेलाडीमा सिमित एसी मिलानलाई एट्लेटिकोले अन्तिम समयमा लगालग दुई गोल गर्दै २-१ को जित निकाल्यो। खेलमा २० औ मिनेटमा डा कनसियो लियोको गोलमार्फत खेलमा अग्रता बनाएको थियो। डियाजको पासलाई उनले सदुपयोग गरे। त्यसलगतै २९ औ मिनेटमा केसाई दोहोरो पंहेलो कार्ड खाँदै मैदानबाट बाहिरिंदा पहिलो हाफमानै एसि मिलान १० खेलाडीमा सिमित भएको थियो।

पहिलो हाफमा १-० को अग्रता बनाएको मिलानले दोस्रो हाफमा पनि अधिकासं समय अग्रता जोगाउन सकेको थियो। तर ८४ औ मिनेटमा ग्रिजम्यानले लोडि डोस सान्तोषको पासलाई सदुपयोग गर्दा एट्लेटिकोले खेल बराबरीमा ल्याउन सक्यो।

तर मिलानका लागि स्तब्ध पुर्ण समय भने सब्सटिच्युट पिरे कालुलुले ह्यान्डबल गरेपछि भयो। उनको ह्यान्डमा एट्लेटिकोले अतिरिक्त समयको अन्तिम समयमा पेनल्टी मार्फत गोल गर्न सफल भयो। स्वारेजले एट्लेटिकोलाई जित दिलाउन निर्णायक गोल गरेका तीन खेलमध्ये दोस्रो खेलमा अन्तिम समयमा निर्णायक गोल गरेका हुन्।

यसअघि गत २१ सेप्टेम्बरमा १० खेलाडीमा सिमित गेटाफे विरुद्ध ९१ औ मिनेटमा निर्णायक गोल गरेका थिए। एट्लेटिको जितसँगै समुह बिमा दोस्रो स्थानमा उक्लिएको छ। लिभरपुल दुई जित सहित शिर्ष स्थानमा छ।