सुर्खेत। लोकतान्त्रिक गणतन्त्र र संविधानको पक्षमा देशव्यापी जागरण अभियान अन्तर्गत नेकपा (एमाले) सुर्खेतले चैत २६ गते भव्य जागरणसभा आयोजना गर्ने भएको छ।
आइतबार २६ गते जागरण सभा आयाेजना गर्न लागिएको जनाइएको हाे।
साे कार्यक्रममा सभालाई पार्टीका महासचिव शंकर पोखरेल, स्थायी कमिटी सदस्य एवम् कर्णाली प्रदेश सरकारका माननीय मुख्यमन्त्री, यामलाल कंडेल, पार्टीका कर्णाली प्रदेश इञ्चार्ज कमरेड गोरख बोगटीलगायतका नेताहरूले संवोधन गर्ने कार्यक्रम रहेको छ।
नेकपाले प्रेस नोटमार्फत वर्तमान सरकारमाथि संविधान र जनमतविरुद्ध सत्ताको दुरुपयोग गर्दै अधिनायकवाद स्थापित गर्ने प्रयास भइरहेको आरोप लगाएको छ।

पार्टीले यस्ता प्रवृत्तिहरूको विरोधमा र लोकतान्त्रिक मूल्यमान्यताको रक्षा तथा स्थायित्वको पक्षमा जनमत निर्माण गर्न जागरण अभियान चलाएको जनाएको छ।
प्रेस नोटमा उल्लेख भएअनुसार, संविधानविपरीत ढंगले राज्यसत्ताको दुरुपयोग र असंवैधानिक गतिविधिहरू बढ्दो रूपमा देखिएको सन्दर्भमा आम जनतालाई जागरूक तुल्याउन अभियान सञ्चालन गरिएको हो।
जागरणसभा २६ बिहान ११ बजे वीरेन्द्रनगरको मंगलगढि चोकबाट सुरु भई पिपलचौतारास्थित सभा स्थलमा पुगेर सम्पन्न हुनेछ।
एमाले सुर्खेतका अध्यक्ष कुलमणि देवकोटाले सबै जनसमुदायलाई कार्यक्रममा सक्रिय सहभागिताको अपिल गरेका छन्।

प्रतिक्रिया दिनुहोस्