आजदेखी शुरु भएको काँक्रेविहार गोल्डकप फुटवलमा पञ्चपुरी विजयी (फोटो)

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सर्खेतमामा आजदेखी शुरु भएको काँक्रेविहार गोल्डकप फुटवलमा पञ्चपुरीले विजयी शुरुवात गरेको छ । वीरेन्द्रनगरस्थित रंगशालामा भएको उद्घाटन खेलमा पञ्चपुरीले गुर्भाकोटलाई २–० ले हराउँदै विजयी शुरुवात गरेको हो ।

खेल शुरु भएको १० मिनेटमा आत्मघाती गोल भएपछि पञ्चपुरीले खाता खोल्यो । खेलको ३६ औं मिनेटमा पञ्चपुरी टिमका महेन्द्र विकले दोस्रो गोल गरेर टीमलाई अग्रता दिलाए । महेन्द्र म्यान अफ द म्याच घोषित भएका छन् ।

पहिलो हाफमा कुनै गोल गर्न नसकेको गुर्भाकोट टिमले दोस्रो हाफमा पनि थुप्रै गोल गर्ने अवसर पाएपनि सदुपयोग गर्न सकेन् । बिहीबार हुने दोस्रो खेलमा वीरेन्द्रनगर भर्सेज सिम्ताविच हुनेछ । १४ गतेसम्म जारी हुने काँक्रेविहार कपमा प्रथमले एक लाख र दोस्रोले ५० हजार पुरस्कार राशीको पुरस्कार पाउनेछन् ।