सल्यान । माइतीघर हिडेकि एक महिलाको शव फेला परेको छ । बागचाैर नगरपालिका -२ गैरी बस्ने ५४ बर्षीय रामकला खत्रीको शव मृत्यु अवस्थामा फेला परेकाे हाे ।
शनिबार साँझ साढे ४ बजे तिर माइतीघर बागचौरकै ज्यूला जान हिडेकि उनको घर देखि झन्डै २ किलोमिटर टाढा माइतीघर भन्दा झन्डै ८ सय मिटर नजिक ठाँटिचौरको कच्ची सडकमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएकाे छ ।
कच्ची सडकको बाँया भागमा कोल्टे परेको अवस्थामा बिहान मात्रै शव फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख गाेबिन्द्र थापाले जानकारी दिए ।
घटना बारे थप अनुसन्धान गर्न नेपालगन्जबाट कुकुर सहितको टोलि सल्यान आउदै गरेको उनले बताए । ‘घटना शंकास्पद छ, हामीले शव भएको स्थानलाइ सुरक्षित गरेर राखेका छौ, नेपालगन्जबाट अनुसन्धानको लागि कुकुर सहितको टोलि आउदै छ, त्यसपछि घटना बारे थप अनुसन्धान हुन्छ, उनले भने ।
ए.के. सञ्चार । १७ आश्विन २०७८, आईतवार ११:२४