दैलेखमा दुर्गाभवानीको मन्दिर स्थापना

सुर्खेत । दैलेखको दुल्लु नगरपालिका–१ तल्लो डुङ्गेश्वर नजिक दुर्गाभवानीको मन्दिर निर्माण गरिएको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–५ का ३५ वर्षिय बासु आर्चायले आफ्नो व्यक्तिगत लगानीमा उक्त मन्दिरको स्थापना गरेका हुन् ।

सो स्थानमा रहेको शक्ति पिठ डुंगेल मन्दिर परिसद् भित्रै दुर्गाभवानीको मन्दिर स्थापना गरिएको आर्चायले बताए । आर्चायका अनुसार व्यक्तिगत पाँच लाख बराबरको लागतमा दुर्गाभवानीको मन्दिरको स्थापना भएको हो । उनले भारतको चण्डीगढबाट करिब एकलाखमा दुर्गाभवानीको मुर्ति ल्याएर मन्दिरमा राखिएको बताए ।

उनले भने ‘मेरो व्यक्तिगत लगानिमा मन्दिरको निर्माण सकिएपछि मुर्तिलाई घटस्थापनाका दिनबाट पुजापाठ समेत थालिएको छ । मन्दिर स्थापनामा मेरा ससुराबुबा पृथबहादुर खड्काको विशेष सल्लाह सुझावमा मन्दिरको निर्माण भएको हो ।’

आर्चायले पछिल्लो समयमा युवावर्गमा हराउँदै गएको धार्मिक सांस्कृति परम्परालाई रक्षा गर्नका लागि आफ्नै बलवुता र तनमनका साथ लगातार सात महिनाको मेहनत पछि मन्दिरको स्थापना भएको बताए । साथै साँस्कृतिको जगेर्ना गर्न युवा शक्ति जाग्नु पर्छ भन्ने उद्देश्यका साथ युवावर्गमा भएको जोस जाँगरलाई धर्म, कर्ममा समेत लाग्न यसले मद्दत पुग्ने उनको भनाई रहेको छ ।