ट्राफिक प्रहरीलाई घुस रकम दिने दुई जना हिरासतमा

सुर्खेत । सवारी चेकजाँचका क्रममा ट्राफिक प्रहरीलाई घुस रकम दिन खोज्ने दुई जना हिरासतमा पुगेका छन् । सुर्खेतबाट नेपालगञ्जतर्फ जाँदै गरेको भे ७ प ४८८ नम्बरको मोटरसाईकल चालकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

‘शुक्रबार (हिजो) साँझ अस्थायी ट्राफिक पोष्ट सुब्बाकुनामा चेकजाँचका क्रममा उहाँहरुले घुस बापत १ हजार ५ सय दिन खोजेपछि पक्राउ गरिएको हो,’ जिल्ला ट्राफिक कार्यालय स्रोतले भन्यो, ‘चेकजाँचका क्रममा बिलबुक थिएन्, उल्टै ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभन पार्न खोजेपछि नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा पठाएका छौं ।’

पक्राउ पर्नेमा जुम्ला तातापानी गाउापालिका–३ का २५ वर्षीय नरेन्द्र नेपाली र मोटरसाईकल पछाडी सवार सोही ठाउँका २३ वर्षीय कमल नेपालीले रहेका छन् ।