डडेल्धुरा । डडेल्धुरामा रहेको सुदूरपश्चिम प्रदेशको प्रसिद्ध शक्तिपीठ उग्रतारा मन्दिरमा बिहीबार र शुक्रबार (आज र भोली) मेला लाग्ने भएको छ ।
स्थानीय भाषामा ‘देहिजात’ भनिने सुदूरपश्चिमको उग्रतारा भगवती मन्दिरमा हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाको रात (रतेडी) र दोस्रो दिन दिउसेडी मेला लाग्छ । राति लाग्ने मेलालाई ‘रतेडी’ र दिउँसो लाग्ने मेलालाई ‘दिउसेडी’ भनिन्छ।
खनमडा, छचोडा, दुमडा र जिलोडा भ्राण (भण्डार) रहेको उग्रतारा भगवती मन्दिरमा यी चारवटै गाउँबाट रतेडी मेलामा बिहान ‘देउरो’ आई दिउसेडी मेला सुरू भएको उग्रतारा क्षेत्र विकास समितिले जनाएको छ।
ए.के. सञ्चार । २ मंसिर २०७८, बिहीबार १५:१५