कालीकोटमा पहिलो पटक कालिज फार्म सञ्चालनमा

कालीकोट । कालीकोटको नरहरिनाथ गाउँपालिकामा पहिलो पटक कालिज फार्म सञ्चालनमा आएको छ । नरहरिनाथ गाउँपालिका ३ माडेगाउँका युवाले व्यक्तिगत लगानीमा कालिज फार्म सञ्चालनमा ल्याएका हुन् ।

दैनिकजसो युवा विदेशिनेक्रम बढे पनि नरहरिनाथ गाउँपालिकाका युवाले सामूहिकरूपमा कालिज फार्म सञ्चालन गरेका छन् । युवाको व्यक्तिगत सात लाखको लगानीमा कालिज फार्म सञ्चालनमा ल्याएका हुन् ।

सात जना युवाको सामूहिक लगानीमा कालिज फार्म सञ्चालन गरेका छन् । रोजगारीका लागि देश भारत र अन्य खाडी मुलुकमा जाने भएकाले उनीहरुलाई रोक्न र आफ्नै भूमिमा केही गर्न सकिन्छ भन्ने उदाहरण दिनका लागि कालिज फार्म सञ्चालनमा ल्याएको मालिका वाइल्ड लाइफ एग्रो फार्मका सञ्चालक धर्मप्रसाद उपाध्यायले बताए ।

उनले सुर्खेतबाट पहिलो पटक प्रतिगोटा एक हजार मूल्यमा कालिजको चल्ला किनेको बताए । अहिले स्थानीय बजारमा एउटा कालिजको तीन हजार रुपैयाँ मूल्य पर्ने उपाध्यायले बताए ।