हुम्ला । हिमाली जिल्ला हुम्लामा शनिबार आज बिहानैबाट हिमपात हुँदा जिल्लाको जनजीवन प्रभावित भएको छ । हुम्ला सदरमुकाम सिमकोटमा एक इन्चभन्दा बढी हिउँ जमिसकेको छ । जिल्लाको उत्तरी भेगमा नाम्खा गाउँपालिकामा भने सदरमुकाम सिमकोटभन्दा बढी तिन फिट जति हिउँ जमेको नाम्खा गाउँपालिका ३ का सुनाम छिरिङ लामाले बताएका छन् ।
नाम्खा गाउँपालिकाको उच्च भेग यारी लिमी नारा न्यालु लेकमा बाक्लो हिउँ जम्नुका साथै आवतजावतमा समेत थप कठिनाइ भइरहेको लामाले बताए । हुम्लामा हिमपातका कारण चिसो अत्यधिक बढेपछि जनजीवन कष्टकर बन्दै गएको छ ।
ए.के. सञ्चार । १० पुष २०७८, शनिबार १४:३८