काठमाण्डौ । आहा रारा गोल्डकप आजदेखि पोखरामा सुरु भएको छ । उद्घाटन खेलमा अहिले पोखरा रंगशालामा आयोजक सहारा क्लब र विभागीय टोली एपीएफ क्लब खेलिरहेका छन् ।
प्रतियोगितामा १० टोली सहभागी रहेका छन् । प्रतियोगितामा आयोजक सहारासहित एपीएफ, नेपाल पुलिस, त्रिभुवन आर्मी, संकटा, थ्री स्टार, मनाङ मर्स्याङ्दी, मछिन्द्र, हिमालयन शेर्पा र बीवाईएसी मिनेसोटा यूएसए सहभागी छन् ।
मोफसलको प्रतिष्ठित प्रतियोगिताको यो २० औँ संस्करण हो । प्रतियोगिताको विजेताले १० लाख एक हजार र उपविजेता टिमले ५ लाख एक हजार रुपैयाँ प्राप्त गर्नेछ ।
ए.के. सञ्चार । ६ माघ २०७८, बिहीबार १५:१२