कैलालीमा दुई मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

कैलाली । कैलालीमा दुई मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।

शुक्रबार टीकापुर नगरपालिका-४ असनेरीमा दुई मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिए।

से ३ प ९७४६ र लु ७४ प ४०७४ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए। सो दुर्घटनामा १७ वर्षीय मन्जील कार्की र २५ वर्षीय प्रजापती चौधरीको मृत्यु भएको प्रहरीले जनाएको हो।

दुर्घटनामा घाइते भएका दिवस चौधरीको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको जोशीले बताए।