सुर्खेत । अपाङ्गता भएका व्यक्तिहरुको राजनैतिक सहभागिता तथा नेतृत्व सम्बन्धी अभिमूखिकरण अभिमुखिकरण सम्पन्न भएको छ ।
नेत्रहिन यूवा संघ नेपाल शाखा सुर्खेतको आयोजनमा भेरीगंगा नगरपालिकामा दुई दिने अभिमूखीकरण कार्यक्रम बिहीबार सम्पन्न भएको छ ।
कार्यक्रममा सहभागिहरुले अपाङ्गता भएका व्यक्तिहरुको राजनैतिक अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा शिखर माविका शिक्षक चन्द्रमणी पोखरेलले नेत्रहिन यूवा संघले अपाङ्गता सम्बन्धी बुझाईको सवालमा ज्योती फैलाउने काम गरेको बताए ।
अपाङ्गता भएका व्यक्तिहरूको सवालमा अधिकार सुनिश्चितताको लागि काम गर्नुपर्ने बताउनुभयो ।राजनीतिक दलहरुले समावेशिकरणका मुद्दामा अनुदार रहेको भन्दै आगामी निर्वाचनले त्यसमा विराम लगाउनेमा आफु आसावादी रहेको बताए ।
नेत्रहिन युवा संघ नेपाल शाखा सुर्खेतका अध्यक्ष शेर बाहादुर ओलीले अपाङ्गता भएका व्यक्तिहरूलाई हरेक क्षेत्रमा खुला र समतामुलक अवसर दिईनुपर्ने र उक्त कुरा स्थानीय तहको निर्वाचनले प्रत्याभुती गर्नुपर्ने जोड दिए ।
साथै उनले नेत्रहिन व्यक्तिहरू र अन्य अपाङ्गता भएका व्यक्तिहरूको अधिकारका लागि समेत स्थानीय तहमा अर्थपूर्ण सहभागिताको लागि प्रतिनिधित्व महत्वपूर्ण रहेको बताए ।
ए.के. सञ्चार । १० चैत्र २०७८, बिहीबार २०:४५