कालिकोटबाट नेपालगञ्जतर्फ जाँदै गरेको बसमा आगलागी

सुर्खेत । कालिकोटबाट नेपालगञ्जतर्फ जाँदै गरेको बसमा आगलागी भएको छ । शुक्रबार दिउँसो सुर्खेतको बराहताल गाउँपालिका–८ मसिना नजिक ना ८ ख २३५६ नम्बरको बसमा आगलागी भएको हो ।
जिल्ला ट्रफिक कार्यालय सुर्खेतका अनुसार गुडिरहेको बसमा अचानक ब्याट्रिको तार सट भएर आगलागी भएको हो ।
बसमा सवार करिब ३० जना सबै सकुशल रहेका छन् भने बसमा क्षती समेत पुगेको छ ।