रंगशाला निर्माणका लागि शिलान्यास

सुर्खेत । कर्णाली प्रदेशमा रंगशाला निर्माणका लागि शिलान्यास गरिएको छ । मुख्यमन्त्री जीवन बहादुर शाहीद्वारा आज बिहान शिलान्यास गरिएको हो ।

प्रदेश सरकारको पहिलो प्रदेश गौरव आयोजना अन्तरगत राजधानी वीरेन्द्रनगरमा प्रदेश रंगशाला निर्माण हुन लागेको हो । कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा आयोजना गर्ने गरी १० हजार दर्शक क्षमताको रंगशाला निर्माण थालेको हो ।

शिलान्यास भएको ३० महिनाभित्र निर्माण सम्पन्न गरिसक्ने लक्ष्य राखिएको छ । प्रदेश खेलकुद विकास परिषद्ले १ अर्ब ५९ करोड रुपैयाँमा रंगशाला निर्माणको ठेक्का सम्झौता गरेको छ ।