सुर्खेत । कर्णाली प्रदेशका १० जिल्लामा २१ हजारभन्दा बढीले म्यादी प्रहरीमा आवेदन दिएका छन् । आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा सात हजार ७१३ म्यादी प्रहरीको माग गरिएको थियो ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार सुर्खेतमा एक हजार २६१, दैलेखमा ८९३, जाजरकोटमा ७८४, रुकुम पश्चिममा ६७७, सल्यानमा एक हजार ७३, कालिकोटमा ८०४, जुम्लामा ७६८, मुगुमा ४६९, डोल्पामा ५६८ र हुम्ला ४१६ जना म्यादी प्रहरीको माग गरिएको थियो ।
कर्णाली १० वटै जिल्लामा म्यादी प्रहरी माग गराएकोभन्दा बढीले आवेदन दिएका छन् । कर्णालीका २१ हजार २५४ जनाले म्यादी प्रहरीका लागि आवेदन दिएका छन् । आवेदन दिनेमा १६ हजार ८१८ जना पुरुष र चार हजार ४२६ जना महिला छन् ।
ए.के. सञ्चार । १५ चैत्र २०७८, मंगलवार १०:२८