थप ८०५ जनामा काेराेना संक्रमण, ८ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ८०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ७ हजार २६४ नमुनाको पीसीआर परीक्षणमा ६६७ जना र ३ हजार ४०८ नमुनाको एन्टिजेन परीक्षण गर्दा १३८ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ भने ९११ जना निको भएका छन् ।