कर्णाली प्रदेशबाट ३७ हजारभन्दा बढी विद्यार्थीले एसइई दिने

सुर्खेत । कर्णाली प्रदेशबाट ३७ हजार पाँचसय ४५ जना विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसइई) दिने भएका छन् । नियमतितर्फ ३६ हजार ६ सय ४१ जना र आंशिकतर्फ नौ सय चार जनाले इसइइ परीक्षामा दिने भएका हुन् ।

जसमध्ये रुकुपश्चिमबाट चार हजार दुइसय ३० जना, सल्यानबाट पाँच हजार ६५ जना, हुम्लाबाट एक हजार एकसय ४६ जना, मुगुबाट नौ सय ८९ जना र डोल्पाबाट ६ सय ८० जना विद्यार्थी एसइइमा सहभागी हुने छन् ।

त्यस्तै कालीकोटबाट चार हजार जना, जुम्लाबाट दुई हजार पाँचसय दुई जना, जाजरकोटबाट चार हजार एकसय ८४ जना, दैलेखबाट पाँच हजार पाँचसय ८० जना र सुर्खेतबाट नौं हजार एकसय ६९ जना विद्यार्थीले एसइइ परीक्षामा सहभागी हुने शिक्षा विकास निर्देशनालय कर्णाली प्रदेशले जनाएको छ ।

एसइइका परीक्षाका लागि प्रदेशभर एकसय ७३ वटा परीक्षा केन्द्रहरु तोकिएका छन् । जसमध्ये रुकुमपश्चिम र सल्यानमा २३/२३ वटा, मुगु र हुम्लामा ६/६ वटा, कालीकोट र जाजरकोटमा २०/२० वटा र डोल्पामा चार वटा परीक्षा केन्द्र तोकिएका छन् ।

त्यस्तै जुम्लामा १६ वटा, दैलेखमा २४ वटा र सुर्खेतमा ३१ वटा परीक्षा केन्द्र तोकिएको शिक्षा विकास निर्देशनालयका निर्देशक दीपा हमालले जानकारी दिइन् । परीक्षा आउन तीन दिनमात्र बाँकी रहदा प्रदेशका सबै जिल्लामा तयारी तीब्र पारिएको छ ।

शान्तिपूर्ण वातावरण परीक्षा सम्पन्न गर्न सबै जिल्लामा रहेन परीक्षा केन्द र विद्यार्थी संख्या एकीन गरेर तयारी थालिएको छ । परीक्षालाई मर्यादित र भयरहित वातावरणमा सम्पन्न गराउन केन्द्राध्यक्षहरुलाई परीक्षा सञ्चालन तथा व्यवस्थापनका लागि अभिमुखिकरण समेत दिइसकीएको छ । एसइइ परीक्षा आउँदो शुक्रबारबाट देशभर एकैसाथ सुरु हुँदैछ ।