काठमाडौं । रुपन्देहीको सिद्धार्थनगर–१२ आवारोडस्थित सडकपेटीका गमलासहितका बिरुवामा क्षति पुर्याइएको छ ।वातावरणा संरक्षण र हरियालीका लागि सडकपेटीमा बोटबिरुवा र गमला थिए । तर, बुधबार बिहान सडकमा ढालिएको अवस्थामा फेला परेका हुन् ।
वडा मार्फत विनियोजित २ लाख बजेटबाट लगाइएको ४१ वटा विरुवामध्ये १२ वटा विरुवा ढलेको अवस्थामा छन् । २०७७ असारमा वडावासीलाई स्वच्छ र हराभरा वातावरणको अनुभूत गराउन वैकल्पिक गमला सडकपेटीमा राखेर व्यवस्थापन गरिएको थियो र विरुवा कसले ढाल्यो भन्ने नखुलेको वडा अध्यक्ष करुन्जन श्रेष्ठको भनाई छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख रविन्द्र रेग्मीले रातिको समयमा विरुवा ढालिएको भन्ने खबर आएको बताए । सिसी क्यामराको फुटेज पनि हेरिने उनले बताए ।
ए.के. सञ्चार । १४ बैशाख २०७९, बुधबार ०९:०६