वीरेन्द्रनगरबाट लागूऔषधसहित दुई पक्राउ

सुर्खेत । जिल्लाको वीरेन्द्रनगरका विभिन्न ठाउँमा लागूऔषधसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। प्रहरीले शुक्रबार वीरेन्द्रनगर–६ सनिहल लाइनबाट एक जना बिहीबार वीरेन्द्रनगर–११ बाट पक्राउ गरेको हो।

कर्णाली प्रदेश लागु औषध व्युरो शाखा र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटीएको सयुक्त प्रहरी टोलीले वीरेन्द्रनगर–६ सनिहल लाईनमा शंकाष्पद अवस्थामा हिडिरहेकोे समयमा वीरेन्द्रनगर–९ का २४ वर्षीया उत्सब जि।सिलाई प्रकाउ गरेको हो।

उनलाई चेक जाँच गर्दा शुद्ध ७० मिलिग्राम लागूऔषध (ब्राउन सुगर) जस्तो देखीने खैरो धुलो पदार्थ बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ।

यस्तै, बिहिबार प्रहरीले वीरेन्द्रनगर नगरपालिका–११ का १९ वर्षीय दिनेश राजीलाई पक्राउ गरेको छ। राजी सार्वजनिक स्थानमा शंकाष्पद रुपमा बसेको अवस्थामा प्रकाउ हो।

राजीको खानतलासी गर्दा दुई पुडिया लुकाई छिपाई राखेको नापतौल गर्दा प्लाष्टिक बाहेक १०० मिलिग्राम लागूऔषध (ब्राउनसुगर) जस्तो देखिने धुलो पदार्थ बरामतद गरेको प्रहरीको भनाई रहेको छ।