सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा ४ हजार ५०० मत गणना भैरहदा मेयरमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार उपेन्द्र बहादुर खड्काले आफ्नो अग्रता कायमै राखेका छन् ।
कांग्रेसका उम्मेदवार खड्काले १ हजार ८३९ मत पाएका छन् भने नेकपा एमालेका उम्मेदवार माेहनमाया ढकालले १ हजार ७९७ मत पाएकी छन् । यस्तै राप्रपाका उम्मेदवार मुकुन्द श्याम गिरीले ७६९ मत पाएका छन् ।
यस्तै उपमेयरमा नेकपा एमालेका निलकण्ठ खनालले २ हजार ११३ मत पाएका छन् भने गठबन्धनबाट नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) शान्ति ढकालले १ हजार ६४६ मत पाएकि छन् ।
ए.के. सञ्चार । १ जेष्ठ २०७९, आईतवार ०९:५४