काठमाडौं । आइतवार भएको तारा एयरको जहाज दुर्घटनामा धनुषाको मिथिला नगरपालिका–११, लोटाका एकै परिवारका ७ मृत्यु भएको हो । मृत्यु हुनेमा राजनकुमार गोले र उनका बुबा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ, काका पुरुषोत्तम गोले, काकी तुलसादेवी तामाङ, मामा मकरबहादुर तामाङ र माइजु सुकुमाया तामाङ रहेको परिवारजनले पुष्टि गरेको मिथिला नगरपालिका प्रमुख महेन्द्र महतोले फेसबुकमार्फत् जानकारी दिएका छन् ।
यो परिवार मुक्तिनाथ दर्शनका लागि जोमसोम जाँदै थियो । दिनभर विमानको अवस्था पत्ता लगाउन खोजीकार्य जारी राखिए पनि सोमवार मात्रै स्थान लोकेट भएको थियो । विमानमा १९ यात्रु र चालक दलका ३ सदस्य सवार थिए ।
ए.के. सञ्चार । १६ जेष्ठ २०७९, सोमबार १०:४२