कालीकोटमा बिहीबार एमालेकाे बृहत आमसभा, सभामा दश हजार कार्यकर्ता सहभागी हुने

कालीकोट । नेपाल कम्यूनिष्ट पार्टी (एमाले) कालीकोट जिल्लाको मान्ममा बृहत आमसभा हुने भएको छ । बुधबार पत्रकार सम्मेलन गर्दै कालीकोटमा चुनाव लक्षित आमसभलाई सम्वोधन गर्ने अध्यक्ष केपि शर्मा ओली कालीकोट आउन लागेको प्रचार प्रसार समितिका संयोजक टेकबहादुर बुढाको जानकारी दिए।

ओली बिहीवार (भोली) दिउदो साढे एक वजे सदरमुकाम मान्मको आमसभालाई सम्बोधन गर्ने बुढाले बताए । आम सभामा दश हजार कार्यकर्ता सहभागी हुने र सभाको लागि सम्पुर्ण तयारी पुरा भएको बुढाले जानकारी दिएका छन् ।

कार्यक्रममा एमाले कालिकोट पार्टी अध्यक्ष जसीप्रसाद पाण्डे, उप सचिव मनराज शाही, सल्लाहकार संयोजक कमलराज बम, पार्टी कार्यालय सचिव दानबहादुर शाही निर्वाचन क्षेत्र (ख) का अध्यक्ष राजबहादुर बम सचिव प्रेम बुढा, अनेरास्ववियुका केन्द्रिय सदस्य गोकर्ण संज्याल र शन्तोश महराता लगायतका नेताहरुको सहभागिता रहेको थियो ।