सुर्खेत । दैलेखमा पानी ट्याकींमा डुवेर दुई बालबालिकाको मृत्यु भएको छ ।
दुल्लु नगरपालिका वडा-३ सियाला बखत महतका छोरा दिनेश महत र छोरी अनिता महतको हिजो कर्णाली, कोटाछाल, दुल्लु लिप्टिङ खानेपानीको ट्याङकी बोडघाटमा डुबेर निधन भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी भुवनेश्वर शाहले बताए ।
दिउँसो चार बजे उनीहरु मृत फेला परेको शाहले जानकारी दिए ।
ए.के. सञ्चार । ३ श्रावण २०७९, मंगलवार ०७:२२