सुर्खेतमा ‘नाइरोबी फ्लाइका सङ्क्रमित नभेटिएको स्वास्थ्य सेवा निर्देशनालय ठहर

सुर्खेत । सर्खेतमा ‘नाइरोबी फ्लाइ’का बिरामी नभएको स्वास्थ्य सेवा निर्देशनालयले जानकारी दिएको छ । नेपालमा पछिल्लो समय पूर्वी तराईका जिल्लाहरुमा संक्रमितहरु बढ्दैगए पनि सुर्खेत लगायतका जिल्लामा देखा नपरेको निर्देशनालयले जानकारी दिएको हो ।

कर्णाली प्रदेशका कुनै पनि जिल्लामा ‘नाइरोबी फ्लाइ’का बिरामी नभएको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका प्रमुख डाक्टर रविन खड्काले बताए। नेपालको पूर्वका केही जिल्लाहरू ‘नाइरोबी फ्लाइ’का बिरामी भेटिए भएपनि कर्णालीका कुनै जिल्लामा देखा नपरेको खड्काले भनाइ छ । डाक्टरले सबै नागरिहरुमा सर्तकता अपाउनुन हुन निर्देशनालय अनुरोध गरेका छन् ।

के हो नाइरोबी फ्लाइ :

नाइरोबी फ्लाइ बिटल्स प्रजातीको एक किसिमको किरा हो । यो पूर्वी अफ्रिका विशेषगरी केन्याको राजधानी नाइरोबी र आसपासका क्षेत्रमामा पाइने भएकाले ‘केन्याली फ्लाईस’ पनि भनिन्छ ।

एसोसिएट्स प्रेसका अनुसार सन् १९९८ मा भारी वर्षा भएपछि कन्या र यस वरिपरीका क्षेत्रमा यो किरा ठूलो संख्यामा देखा परेको थियो । जसले गर्दा त्यहाँ यसको प्रकोप छाएको थियो ।

यो किरा ठूलो कमिलाजस्तो देखिने यो किरा शरिर लामो हुन्छ । यो विशेष गर सुन्तला र कालो रंगले मिश्रित हुन्छ । प्रायः धेरै वर्षा हुने क्षेत्रमा पाइने यो किरा प्रकाश र आर्द्रतायुक्त क्षेत्रहरूप्रति बढी आकर्षित हुन्छ । यसले सामान्यतः बाली नष्ट गर्छ र कीरा खान्छ ।

प्रजनन् स्थल र खाद्यान्न आपूर्तिको खोजीमा नयाँ नयाँ ठाउँमा फैलिँदै आएको यो किरा भारत र नेपालमा समेत देखिन थालेको हो । इजरायल, जापान, पाराग्वेमा समेत यसको प्रकोप देखिसकेको छ ।

कति जोखिमपूर्ण :

रिपोर्टका अनुसार नाइरोबीले मानिसलाई टोक्दैन र डस्दैन । तर, यदि छालासँग सम्पर्कमा अयो भने यसले आफूमा रहेको शक्तिशाली रासायनिक पदार्थ फाल्ने गर्छ । जसले गर्दा छाला रातो हुने, फोका उठ्ने, पीप भरिने, जनै खटिरा आएजस्तो देखिने, छाला पोल्ने लगायतका लक्षणहरु देखा पर्छन् ।

स्वास्थ्य विज्ञका अनुसार यो त्यति जोखिमपूर्ण भने छैन । यसले रासायनिक पदार्थ फालेर जलेको र लक्षण देखिएको छाला एक वा दुई हप्तामा निको हुन थाल्छ । तर संक्रमितले छालाई चलाउने वा कन्याउने गरेमा यसका दागहरु भने रहन सक्छन् ।

कसरि बच्ने :
– आफू बस्ने ठाउँ सफा सुघ्घर राख्ने ।
– शरिर ढाक्ने कपडा लगाउने ।
– असावधानीवस छोइएमा छोएइको भागले शरिरका अन्य अंगमा नछुने र तत्काल साबुनपानीले धुने ।
– प्रकाशदेखि आकर्षित हुने हुँदा राती बत्ती निभाएर सुत्ने ।
– सुत्दा झुल लगाउने ।
– किरा भेटिए त्यसलाई प्रत्यक्ष सम्पर्क नराखी हटाउने र किरा बसेको ठाउँ साबुन पानीले पखाल्ने ।