एमाले कालीकाेटकाे नेतृत्वका लागि निर्वाचन हुने, पाण्डे र शाही भिड्दै

सुर्खेत । नेकपा एमाले कालीकाेटको नयाँ नेतृत्व चयनका लागि निर्वाचन नै हुने भएको छ ।

अध्यक्षमा जसी प्रसाद पाण्डे र रमेश कुमार शाही निर्वाचनमा भिड्दै छन् । पाण्डे खाडाचक्र नगरपालिकाका नगर-प्रमुख हुन् । उनी कालिकोटका पुराना कम्युनिष्ट नेता हुन् । यस्तै उम्मेदवार शाही वर्तमान पार्टी उपाध्यक्ष हुन् । दुवै जना जिल्लामा राम्रो छवि बनाएका नेता भएकाले पनि प्रतिस्पर्धा कडा हुने देखिन्छ ।  यस्तै उपाध्यक्ष पदका लागि ५ जना, सचिवका लागि २ जना र उपसचिवका लागि ६ जनाको उम्मेदवारी परेको बताइएको छ ।

उपाध्यक्षमा अलिबहादुर शाही,दयाराम सिंखडा,बेलकोसा शाही,लक्ष्मी चौलागाई र शक्कबहादुर बमले उम्मेदवारी दर्ता गराएका छन् ।