बझाङ । बझाङमा एकै घरका ३ जना मृत भेटिएका छन् । जिल्लाको बुंगल नगरपालिका-९ रारुमा आमा, छोरा र छोरी झुन्डिएको अवस्थामा भेटिएका हुन् । २२ वर्षीया गीता पार्की, उनकी पाँच वर्षीया छोरी र तीन वर्षीय छोरा झुन्डिएको अवस्थामा भेटिएको प्रहरी निरीक्षक रमेश अवस्थीले जानकारी दिए ।
गएराति मात्रै गीताका श्रीमान् पुष्कर पार्की भारतबाट घर फर्किएका बताइएको छ । घटनाको अनुसन्धानका लागि सदरमुकाम चैनपुरबाट प्रहरीको टोली घटनास्थलतर्फ जाँदै गरेको अवस्थीले जानकारी दिए ।
ए.के. सञ्चार । २५ श्रावण २०७९, बुधबार २०:३२