काठमाडौं । मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि शुक्रबार आजबाट मतदाता शिक्षा कार्यक्रम सुरु भएको छ ।
निर्वाचन आयोगले आजबाट देशभरका ७७ वटै जिल्लाका ७५३ स्थानीय तहका वडाका घरदैलोमा मतदाता शिक्षा कार्यक्रम आयोजना गरिने जनाएको छ ।
आयोगले चुनावमा मतदातालाई सक्रिय सहभागिता गराउन र मत बदर हुन नदिन आयोगले मतदाता शिक्षा कार्यक्रम सुरु गरेको हो । मतदाता शिक्षा कार्यक्रममार्फत मतदातालाई मतदान गर्ने सही तरिका सिकाइनेछ ।
ए.के. सञ्चार । १८ कार्तिक २०७९, शुक्रबार ११:३१