नेपाल प्रेस युनियन कर्णालीको नयाँ कार्यसमिति चयन

सुर्खेत । नेपाल प्रेस युनियन कर्णाली प्रदेशको नयाँ कार्यसमिति चयन गरेको छ । बिहीबार भएका प्रेस युनियनको पहिलो प्रदेश अधिवेशनमा नयाँ कार्यसमिति चयन गरेको हो ।

जसको अध्यक्षमा नरेशसिंह थापा चयन भएका छन् । खुला उपाध्यक्षमा रमेश शाही, महिला उपाध्यक्षमा गीता शाही, समावेशी उपाध्यक्षमा नवीन शाक्य, महासचिवमा निरक शाही, खुलासचिवमा कृष्णबहादुर वली, महिला सचिवमा रामदेवी खड्का, समावेशी सचिवमा रमा केसी र कोषाध्यक्षमा अंकबहादुर बुढा सर्वसम्मत चयन भएका छन् ।

यस्तै, सदस्यहरूमा नवीन शाही, रमेश बोगटी, श्रवण देवकोटा, गोबिन्द रोकाया, गणेश बानिया, सुरिता बस्नेत, राधिका शाही, डम्बर बि।क, सिर्जना बुढाथोकि, डिलु रावत, प्रेम वलि, लिलराज रोकाया, रमेश बोगटी, छिमा केसी चयन भएका छन्।