वीरेन्द्रनगरमा फरार प्रतिवादी पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागूऔषध मुद्धामा फरार एकजना प्रतिवादीलाई प्रकाउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका-१ ढाेडेखालीका २८ वर्षीया कमल गिरि रहेका छन् ।
उनलाई सुर्खेत जिल्ला अदालतबाट लागूऔषध (ब्राउनसुगर) मुद्धामा एक बर्ष कैद र पाच हजार जरिवाना ताेकेकाे थियाे । उनलाई प्रहरीले सुर्खेत जिल्ला अदालत पेस गरेको छ ।