२०८२ कात्तिक ३० , आइतबार

कालीकोटमा भीरबाट लडेर एक जनाको मृत्यु




सुर्खेत । कालीकोटमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ। खाँडाचक्र नगरपालिका–११ बडालकोटका ४१ वर्षीया नवराज शाहीको मृत्यु भएको प्रहरीले जनाएको छ।

शाही  सान्नित्रिवेणि गाउपालिका–२ रकुतर्फ बाख्रा किन्न भनेर जादै गर्दा लडेका हुन् । शाही सान्नित्रिवेणी गाउँपालिका स्थित ढल्ने भीरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ।

थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय कालिकोटबाट प्रहरी निरीक्षकको कमाण्डमा २ जनाको टोली खटिएको छ।

प्रकाशित मिति : २०७९ माघ २० गते शुक्रबार