जुम्लामा मृत अवस्थामा लास फेला 

सुर्खेत । जुम्लाको सिञ्जा गाउँपालिका ५ सनिगाँउमा एक जना मृत अवस्थामा भेटिएका छन् । बुधवार सनिगाँउका अन्दाजी ८० बर्षीया कार्या रोकाया घरबाट अन्दाजी ५० मिटर तल आफ्नै बारीमा मृत अवस्थामा भेटिएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

उनी मृत अवस्थामा लडेको भन्ने खबर पाएपछि जुम्ला प्रहरी चौकी नराकोटबाट सायक निरीक्षकको कमान्डमा ३ जना र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको कमान्डमा  पाँच जनाको टोली घटनास्थलमा खटिएको थियो ।