कर्णालीमा सबैभन्दा धेरै निर्माण व्यवसायीमा उजुरी

सुर्खेत । कर्णाली प्रदेशमा निर्माण व्यवसायीमा उजुरीको चाङ लाग्ने गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतमा पर्ने उजुरीमा उपभोक्ता समितिबाट भएका निर्माण कार्यहरूमा उजुरी धरै पर्ने गरेको पाइएको छ ।

जसमा निर्माण व्यवसायीमा गलत स्टामेट, गलत मूल्याङ्कन प्रतिवेदन तयार, प्राविधिक र ठेकेदारको मिलेमतामा दोहोरो भुक्तानी लिने, नियम कानुनको पालना नगर्ने, झुटा विवरणहरू तयार गर्ने, कर्मचारी नियुक्तमा मिलेमतो गरेका उजुरीहरू आउने गरेको शाखा अधिकृत सुशिला मरासिनीले जानकारी दिइन् ।

त्यस्तै, वन अतिक्रमण, सामुदायिक वनको रकम हिनामिना, सामुदायिक सुरक्षा भत्ता र सहरकारीका उजुरीहरू धेरै मात्रामा आउने गरेको मरासिनीले बताइन् । उनका अनुसार कर्णालीमा स्थानिय सरकारमा पनि भ्रष्टचारका उजुरीहरुको उतिकै आउने गरेको छन् । चालु आर्थिक वर्ष ०७९÷०८० को माघ २५ सम्म कर्णालीका ७९ पालिका मध्ये ७२ वटा पालिकामा चार सय ८१ वटा उजुरी उपर छानविन गरि रहेको बताइन् ।

चालु आर्थिक वर्षको हालसम्म २८ वटा अनियमितताका उजुरी अख्तियारमा दर्ता भएका छन् भने सुर्खेतका स्थानियतहमा सबैभन्दा बढी अनियमितता गुर्भाकोट नगरपालिकामा रहेका छन् । उक्त नगरपालिकामा २२ वटा अनियमितताका उजुरी परेका छन् ।

साथै, पञ्चपुरी नगरपालिकामा ९, भेरीगंगा नगरपालिकामा ८, लेकवेशी नगरपालिकामा ७, चौकुने गाउँपालिका, चिङ्गाड गाउँपालिका र बराहताल गाउँपालिकामा ४÷४ उजुरी परेका छन् भने, सिम्ता गाउँपालिकाबाट एक वटा उजुरी अख्तियार कार्यालय सुर्खेतमा दर्ता भएका छन् र दैलेख जिल्लामा ११ उजुरी दर्ता भएका छन् ।

त्यस्तै, दैलेखको नारायण नगरपालिकाका २३, भैरबी गाउँपालिकाका १५, गुराँस गाउँपालिकाको १९, नौमुले गाउँपालिकाको दुई, दुल्लु नगरपालिकाको ६, महावु गाउँपालिकाको ५, आठविस नगरपालिकाको ७, चामुण्डाविन्द्रसैनी नगरपालिकाका ७, भगवतीमाइ गाउँपालिकाका ५, ठाँटिकाध गाउँपालिकाको ५ र डुङ्गेश्वर गाउँपालिकाको दुई वटा भ्रष्टाचारका उजुरी अख्तियार कार्यालय सुर्खेतमा दर्ता भएका शाखा अधिकृत सुशिला मरासिनीले बताएकी छन् ।

यस्तै, कालिकोट जिल्लामा नौं स्थानीय तहमा कुल ५४ वटा उजुरी अख्तियारमा दर्ता भएका छन् । जसमा खाँडाचक्र नगरपालिकामा १३ वटा, सान्नीत्रिवेणी गाउँपालिकामा ९, रास्कोट नगरपालिकामा ९, पलाता गाउँपालिकामा ५, शुभकालिका गाउँपालिकामा ४, पचालझरना गाउँपालिकामा १, तिलागुफा नगरपालिकामा ६, नरहरीनाथ गाउँपालिकामा ४, महावै गाउँपालिकामा तीन वटा भ्रष्टाचार सम्वन्धि उजुरी अख्तियारमा छन् ।

यस्तै सल्यानमा १० वटै पालिकामा कुल ३४ वटा उजुरी अख्तियारमा दर्ता भएका छन् । जिल्लाको बागचौर नगरपालिकाका पाँच, शारदा नगरपालिकाका पाँच, कालिमाटी गाउँपालिकाका सात, दार्मा गाउँपालिकाका ६ , कपुरकोट गाउँपालिकाका दुई, छत्रेश्वरी गाउँपालिकाका दुई, वनगाड कुपिण्डे नगरपालिकाका दुई, त्रिवेणी गाउँपालिकाका तीन, सिद्ध कुनमाख र कुमाख गाउँपालिकाका एक–एक वटा भ्रष्टाचारका उजुरी अख्तियारले दर्ता गरेको छ ।

साथै, मुगुको मुगुम कर्मारोङ गाउँपालिका वाहेकका तीन वटा स्थानीय तहमा भ्रष्टाचारका ४९ वटा मुद्धा अख्तियारले दर्ता गरेको छ । जिल्लाको छायाँनाथ रारा नगरपालिकाका २६ वटा, सोरु गाउँपालिकाका नौं वटा र खत्याड गाउँपालिकाका १४ वटा उजुरी अख्तियारले दर्ता गरेको तथ्यांक छ ।

डोल्पाको मध्य छार्का तोङसोङ र डोल्पोवुद्ध गाउँपालिका वाहेक अन्य पालिकाका कुल १८ वटा उजुरी अख्तियारमा छन् । जगदुल्ला गाउँपालिकाका ८, त्रिपुरासुन्दरी नगरपालिकाका तीन, ठुलीभेरी नगरपालिकाका चार, मुड्केचुला गाउँपालिका, शे–फोक्सुण्डो गाउँपालिका र काइके गाउँपालिकाका एक–एक वटा भ्रष्टाचारका उजुरी अख्तियारले दर्ता गरेको छ ।

जुम्लाको सिंजा गाउँपालिका र तातोपानी गाउँपालिका वाहेकका पालिकाका कुल ३८ वटा उजुरी अख्तियारमा दर्ता भएका छन् । चन्दननाथ नगरपालिकाका २३ वटा, कनकासुन्दरी गाउँपालिकाका सात, तिला गाउँपालिकाका चार, पातारासी गाउँपालिकाका दुई, गुठिचौर गाउँपालिका र हिमा गाउँपालिकाको एक–एक वटा भ्रष्टाचार सम्वन्धी उजुरी छन् ।

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वाहेक अरु सबै पालिकाका कुल २३ वटा उजुरी अख्तियारले दर्ता गरेको छ । जिल्लाको मुसिकोट नगरपालिकाका १३ वटा उजुरी, सानीभेरी गाउँपालिकाका पाँच, आठविसकोट नगरपालिका र वाँफिकोट गाउँपालिकाको दुई–दुई वटा उजुरी अख्तियारले दर्ता गरेको छ ।

त्यस्तै, चौरजहारी नगरपालिकाको एक वटा भ्रष्टाचार सम्वन्धिको उजुरी अख्तियारमा दर्ता भएको छ । हुम्लाको ताँजाकोट र नाम्खा गाउँपालिका बाहेक सबै पालिकाका कुल ३९ वटा भ्रष्टाचारका उजुरी अख्तियारले दर्ता गरेको छ भने अदानचुली गाउँपालिकाका १४, सर्केगाड गाउँपालिकाको १३, चंखेली गाउँपालिकाको नौं वटा, सिमकोट गाउँपालिकाको दुई र खार्पुनाथ गाउँपालिकाको एक वटा उजुरी अख्तियारमा दर्ता भएका छन् ।
जाजरकोटका सात वटा पालिका मध्य सबै पालिकाका ४३ वटा उजुरी अख्तियारले दर्ता गरेको छ । जिल्लाको जुनीचाँदे गाउँपालिकाका सात, छेडागाँड नगरपालिकाका ६, कुशे गाउँपालिकाका तीन, शिवालय गाउँपालिका, भेरी नगरपालिकाका र नलगाड नगरपालिकाका सात–सात, बारेकोट गाउँपालिकाका ६ उजुरी अख्तियारमा दर्ता भएका छन् ।

चालु आर्थिक वर्षको सात महिनाको अवधिमा कर्णालीका स्थानीय तहका कुल चार सय ८१ वटा उजुरी अख्तियारले दर्ता गरेको हो ।