वीरेन्द्रनगरमा लागूऔषध ब्राउन सहित एकजनालाई प्रकाउ

सुर्खेत । वीरेन्द्रनगरमा लागूऔषध ब्राउन सहित एकजनालाई प्रहरीले प्रकाउ गरेको छ । वीरेन्द्रनगर नगरपालिका–११ सल्लाघारी बस्ने २० वर्षीयद्वय अर्जुन वादी र शंकर वादीलाई सुर्खेत प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले उनहरु साथबाट लागूऔषध ब्राउन सुघर जस्तो देखिने खैरो धुलोसहित एक जनालाई पक्राउ गरेको छ । सल्लाघारी नजिकै शंकात्मक रुपमा बसिरएको अबस्थामा प्रहरी चौकी सुब्बाकुनाबाट गस्तिमा खटिएका प्रहरी टोलीले सोधपुछ गर्ने दुवै जना भागेका थिए ।

 

भागेर घर पुगेका उनीहरुलाई नियन्त्रणमा लिएर चेकजाँज गर्दा सुत्ने कोठाको दराज भित्र लुकाई छिपाई राखेको तीन पुडिया लागूऔषध जस्तो देखिने ब्राउन सुगर जस्तो पदार्थ फेला पारेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा पठाइएको छ ।