कालीकाेटकाे लाफामा बस दुर्घटना, दुईजना घाइते एक बेपत्ता

कालीकाेट । कालीकाेट जिल्लाकाे लाफामा बस दुर्घटना हुँदा दुईजना घाइते र एकजना बेपत्ता भएका छन् ।

आइतबार दिउँसो साढे ३ बजेकाे समयमा कालीकाेटकाे लाफामा बस दुर्घटना भएको हो ।

लालिघाट देखि लाफा तर्फ जाँदै गरेकाे बस सडक देखि अन्दाजी १०/१५ मिटर तल कर्णाली नदिमा खसेकाे जिल्ला प्रहरी कार्यालय कालीकाेटका प्रहरी निरिक्षक भुपेन्द्र शाहिले जानकारी दिए ।

उक्त बस दुर्घटना हुँदा चालक दैलेखकाे आठविकाेट नगरपालिका वडा नम्बर २ का कृष्ण बहादुर शाही गम्भीर घाइते भएका छन् । उन ढाड, टाउको र हातमा चाेट लागेकाे छ भने बाेल्ने नसक्ने अवस्थामा रहेका छन् । यस्तै सह-चालक कालीकाेट रास्काेट नगरपालिका वडा नम्बर १ का १९ बर्षिया जीवन बहादुर शाहि नदिमा बेपत्ता भएका छन् । यस्तै यात्रु पचाल झरना गाउँपालिका वडा नम्बर ८ कि १५ बर्षिया सलानि सार्की घाइते भएकि प्रहरी शाहिले बताए ।

कर्णाली प्रदेश ०२ख०१६२ नम्बरकाे बस रहेको छ । उक्त घटनाबारे के कति क्षति भयाे भन्ने विवरण आउन बाकी रहेकाे प्रहरी जनाएकाे छ ।